०१ असार २०८३, सोमबार

भूमिगत जलस्रोत डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बैशाख २७, २०८०
भूमिगत जलस्रोत डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बुधवार प्रमुख श्रेष्ठका साथै इन्जिनियर सन्तोषकुमार दास, तत्कालीन लेखापाल नेत्रप्रसाद मरासिनी, भोलेबाबा कन्स्ट्रक्सनका प्रोप्राइटर सुकबहादुर गुरुङ र प्रकाश भट्टराईविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेकाे अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालका अनुसार उनीहरूले आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार र उपभोक्ता समितिमार्फत नवलपरासीको देवचुली र दुम्किवासमा निर्माण नै नभएको ट्युववेलको भुक्तानी दिएको उजुरी परेको थियो ।

सोही उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्यमा झुट्टा बिल भरपाई बनाई सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेको पुष्टि भएकाले ६३ लाख ७ हजार ७४९ रूपैयाँ बराबरको माग दाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्