×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरण

खाँण पक्राउको भित्री पाटो: मनी ट्रान्सफरबाट पैसा बुझेको प्रमाण, 'कल डिटेल्स'बाट पुष्टि

बैशाख २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

तत्कालीन गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई नक्कली शरणार्थीसम्बन्धी गिरोहका सदस्यहरूले पैसा पठाएको प्रमाण फेला पारेपछि प्रहरीले पक्राउ गरेको पाइएको छ ।

Muktinath Bank

गृहमन्त्रालय स्रोतका अनुसार मनी ट्रान्सफरमार्फत खाँणलाई गिरोहका सदस्यहरूले पैसा पठाएको भेटिएको हो । कति रकम पठाइएको हो भन्नेबारे भने यकिन विवरण सार्वजनिक गरिएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'बिचौलियाले तत्कालीन गृहमन्त्री खाँणको खातामा मनी ट्रान्सफरमार्फत रकम पठाएको प्रमाण भेटिएपछि मात्र उनलाई पक्राउ गरिएको हो,' गृह स्रोतले लोकान्तरसँग भन्यो ।


Advertisment
Nabil box
Kumari

त्यसबाहेक बिचौलियाहरूसँगको उठबस, 'कल डिटेल्स' लगायतका महत्त्वपूर्ण प्रमाणसमेत प्रहरीले संकलन गरेको छ ।

Vianet communication
Laxmi Bank

तत्कालीन गृहसचिव टेकनारायण पाण्डे तथा गिरोहका अन्य सदस्यले दिएको बयानलाई पनि प्रहरीले प्रमाणकारूपमा लिएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनका लागि तल बिचौलियाले रकम उठाएर तत्कालीन गृहमन्त्री, गृहसचिवलगायत उच्चपदस्थ व्यक्तिहरूलाई बुझाएको पाइएको हो ।​

गृहस्रोतका अनुसार नेपाल प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापा 'बादल', उनका छोरा प्रतीक थापा र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'का छोरा दीपेश पुनका सम्बन्धमा समेत अनुसन्धान गरिरहेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा, तत्कालीन गृहमन्त्री खाँणकी पत्नी मञ्जु खाँण, पूर्व गृहसचिव महेश्वर न्यौपानेलगायत प्रभावशाली व्यक्तिहरू समेत अनुसन्धानको दायरामा छन् ।

'छानबिनको दायरामा धेरै ठूला नेता, तिनका श्रीमती, छोरा, स्वकीय सचिवदेखि गृह प्रशासनका तत्कालीन कर्मचारीहरू पनि छन्,' स्रोतले लोकान्तरसँग भन्यो, 'ज-जसका विरुद्ध प्रमाण भेटिन्छ ती सबैविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएर अनुसन्धान अगाडि बढाउँछ ।'

पछि नहट्ने गृहमन्त्रीको अडान

हाई-प्रोफाइल समेत मुछिएको यस प्रकरणमा कुनै पनि हालतमा पछाडि नहट्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठको अडान छ ।

'यतिका हाई-प्रोफाइल नेतादेखि कर्मचारीहरू पक्राउ परिसकेपछि पछाडि हट्ने कुरै हुँदैन,' मन्त्री श्रेष्ठनिकट स्रोतले लोकान्तरसँग भन्यो, 'सरकार ढले पनि ढलोस्, सडकमै जानुपरे पनि केही छैन, यी सबै परिस्थितिका लागि तयार भएर अगाडि बढेको हो भन्ने उहाँको अडान छ ।'

खाँण पक्राउ परेपछि नेपाली कांग्रेसका युवा नेताहरू गुरुराज घिमिरे, मधु आचार्य, डा. गोविन्दराज पोखरेल, रञ्जित कर्णलगायतले बुधवार गृहमन्त्री श्रेष्ठलाई भेटेर बधाई दिएका छन् ।

उनीहरूले कुनै आग्रह पूर्वाग्रह नराखी, पार्टी नहेरी दोषीमाथि कारवाही गर्न आग्रह गरेका थिए । जवाफमा गृहमन्त्री श्रेष्ठले दोषीलाई नछाड्ने, निर्दोष नफस्ने कुरामा आश्वस्त पारे ।

'यो भ्रष्टाचार मुद्दा मात्रै होइन, ठगी हो । माथिदेखि तलसम्म सेटिङ मिलाएर गरिएको अपराध हो,' श्रेष्ठले भने, 'यति मात्र हैन, यो राज्यविरुद्धको अपराध पनि हो । यसले राज्यलाई कमजोर बनाउने, राज्यको प्रतिष्ठालाई कमजोर बनाउने काम गरेको छ । यो सामान्य भ्रष्टाचार मुद्दा हुँदै होइन ।'

निर्दोषलाई नछुने र दोषीलाई कुनै हालतमा नछाड्ने बताएका श्रेष्ठले अगाडि भने, 'दोषी कुन पार्टीको हो, कुन घरानाको हो, कोसँग साइनो सम्बन्ध छ, त्यो राज्यको सरोकारको विषय होइन । राज्यको सरोकारको विषय भनेको ऊ दोषी हो कि होइन भन्ने मात्र हो । त्यसकारण दोषी जो कोही भए पनि कानूनको कठघरामा ल्याइनेछ ।'

यस प्रकरणमाथिको छानबिनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि दरिलो साथ रहेको उनले खुलाए ।

'सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई प्रोत्साहित गर्नुभएको छ । आडभरोसा दिनुभएको छ । आवश्यक निर्देशनहरू दिइरहनुभएको छ,' उनले थपे, 'हिजो मात्र सबै दलका प्रमुख नेताहरूसँगको भेटमा पनि मैले कोही दोषी छुट्दैन र निर्दोष फस्दैन भनेको छु ।'

यस प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन् भने अन्य विभिन्न व्यक्तिहरूका विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पछिल्लोपटक पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका छन् ।

प्रहरीले यसअघि बहालवाला सचिव एवं पूर्व गृहसचिव टेकनारायण पाण्डे, गोविन्द चौधरी, रामशरण केसी, केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरिसकेको छ ।

त्यस्तै पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्देश शर्मा, सागर राई, टंककुमार गुरूङ र टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि पक्राउ परिसकेका छन् ।

प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने अझै फरार छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x