
‘टेल विन्ड’ का कारण तीन वटा अन्तर्राष्ट्रिय विमान लामो समय होल्ड गरेर भारतको बनारस तथा लखनउमा डाइभर्ट गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका आनुसार एयर इन्डिया, इन्डिगो र फ्लाई दुबई तीन वटा जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि बनारस र लखनउ डाइभर्ट गरिएको हो ।
त्यसैगरी भिस्तारा, कतार एयरलाइन्स र नेपाल वायु सेवा निगमको जहाज अहिले पनि आकाशमा होल्डमै रहेका उनले जानकारी दिए ।
‘टेल विन्ड’ (पछाडीबाट लागेको हावा) को कारणले अवतरणमा समस्या भएको हो ।