०२ साउन २०८३, शनिबार

टाटा मोटर्सको नयाँ शोरुम अब भक्तपुरमा

बैशाख २७, २०८०
टाटा मोटर्सको नयाँ शोरुम अब भक्तपुरमा

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरूको विशेष सेवाको लागि भक्तपुरमा नयाँ शोरुमको शुभारम्भ गरेको छ ।

सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा तथा टाटा मोटर्स लिमिटेडका तर्फबाट प्यासेन्जर भेहिकल लिमिटेड एवं टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रद्वारा संयुक्तरुपमा नयाँ शोरुमको उद्घाटन गरिएको छ ।

नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्सले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने नयाँ शोरुममा टाटा मोटर्स्को प्यासेन्जर भेहिकलहरू प्रदर्शन गरिएको छ ।

ग्राहकहरूलाई बिक्रीपश्चात् पनि भरपर्दो सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्य स्वरूप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन् ।

नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले सिप्रदीको आफ्नै नयाँ शोरुमहरू खोली ग्राहकहरूलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताए । साथै उक्त नयाँ शोरुमले ग्राहकहरूलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनुभूति प्रदान गर्ने समेत जानकारी गराए ।

सोही अवसरमा टाटा मोटर्स प्यासेन्जर भेहिकल लिमिटेड एवं टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले पनि ग्राहकहरूको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि आफ्नै शोरुमहरू थप्दै लगेकोे बताए ।

उनले ग्राहकहरूलाई विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न  नयाँ शोरुमहरूको भूमिका महत्वपूर्ण हुने र यसै क्रममा सिप्रदीले ग्राहकहरूलाई विश्वसनीय मात्र नभइ उच्चस्तरीय सेवाप्रदान गर्ने कुरामा आपूmहरू विश्वस्त भएको बताए ।

उनले अब नयाँ शोरुमबाट टाटाका अत्याधुनिक विशेषताहरू सहित सुविधा सम्पन्न विद्युतीय तथा आईस सेग्मेन्टका गाडीहरू सुलभ रुपमा ग्राहकहरू सम्म पहुँच हुने कुरा समेत व्यक्त गरे । 

निकट भविष्यमा पनि विभिन्न ब्राण्डहरू सहित ग्राहकहरूलाई विशेष अनुभूति प्रदान गरी उच्चस्तरीय सेवाका लागि टाटा मोटर्स सदा प्रतिबद्ध रहेको सिप्रदीले जनाएको छ ।

null

 

null

salt training

कमेन्ट गर्नुहोस्