
जसपाले पार्टीको विधान अधिवेशन आगामी असार ९ देखि ११ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको पार्टी कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र तथा निष्पक्ष रुपमा छानबिन गर्न तथा दोषी देखिएकालाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकले बारा जिल्लाका रामकिशोर यादवलाई राजनीतिक समितिमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।