०९ साउन २०८३, शनिबार

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिममा संसदीय दलको नेता हेरफेर

बैशाख २८, २०८०
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिममा संसदीय दलको नेता हेरफेर
प्रतिकात्मक तस्वीर

सुदूरपश्चिम प्रदेश सभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता र प्रमुख सचेतक फेरेको छ ।

बुधवार बसेको संसदीय दलको बैठकले घनश्याम चौधरीलाई दलको नेता चयन गरेको छ ।

उनी कैलाली निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (१) बाट निर्वाचित भएका हुन् । प्रमुख सचेतकमा खुशीराम चौधरी चयन भएका छन् ।

यसअघि पार्टी संसदीय दलको नेतामा रामेश्वर चौधरी र प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी थिए ।

निवर्तमान प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले केन्द्रीय अध्यक्षको उपस्थितिमा केन्द्रमा केही दिनअघि भएको सहमतिबमोजिम बुधवार प्रदेशसभा संसदीय दलको बैठक बसेर दलको नेता र प्रमुख सचेतक चयन गरिएको जानकारी दिए ।

‘बैठकले दलको नेता र प्रमुख सचेतक सर्वसम्मतिले चयन गरेको छ,’ उनले भने, ‘यसबाहेक योजना छनोट लगायतका विषयमा छलफल गरिएको छ ।’ ५३ सदस्यीय प्रदेश सभामा पार्टीका ७ सदस्य छन् ।

प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सदस्य छन् । 

salt training

कमेन्ट गर्नुहोस्