
भारतीय क्रिकेट टीम तथा रोयल च्यालेन्जर्स बंगलोरका ब्याट्स्म्यान विराट कोहलीले अभिनेत्री पत्नी अनुष्का शर्मासँग बुधवार डिनर गरेपछि उनीहरूलाई फोटो पत्रकार (पापाराजी) हरूले घेरेका छन् ।
विराटले प्रिन्टेड शर्ट र कालो प्यान्ट लगाएका थिए भने अनुष्काले स्लीभलेस टप र सेतो प्यान्ट लगाएकी थिइन् ।
एकजना पापाराजीले उनीहरूको तस्वीर खिच्न खोज्दै नाम बोलाएका थिए । त्यसक्रममा उनले अनुष्का शर्मालाई ‘सर’ भनी सम्बोधन गरे ।
उनले तत्कालै आफ्नो गल्तीका लागि माफी मागेका थिए तर उनको कुरा सुनेर विराट र अनुष्का दुवै हाँसे । अनि विराटले ती पापाराजीलाई जिस्क्याउँदै मलाई चाहिँ ‘म्याम’ भन्नू नि भने ।
अहिले विराटको आरसीबीले लगातार खेलहरू हारिरहँदा प्लेअफमा पुग्ने सम्भावना झिनो बन्दै गएको छ ।
Virat Kohli and Anushka Sharma at One8 Commune Restaurant in Juhu.
A guy by mistake says Anushka sir.
Virat - "speak Virat ma'am also". 😂 pic.twitter.com/Efi0N9suyL— Mufaddal Vohra (@mufaddal_vohra) May 10, 2023