१३ असार २०८३, शनिबार

राप्रपा केन्द्रीय कार्यसमिति बैठक जेठमा

बैशाख २८, २०८०
राप्रपा केन्द्रीय कार्यसमिति बैठक जेठमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरेको छ । 

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार आगामी जेठ १, २ र ३ गते काठमाडौंमा बस्ने गरी केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आह्वान गरिएको हो ।

उक्त बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना पेस गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।​

यसैगरी सचिवालय प्रमुख हेमजङ्ग गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्