११ साउन २०८३, सोमबार

नेप्से सामान्य घट्यो

बैशाख २८, २०८०
नेप्से सामान्य घट्यो

शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य घटेको छ। 

नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलब ५९ मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ७१ अङ्कले ओरालो लागेर तीन सय ५३ दशमलब शून्य नौ मा सीमित भएको छ । 

कारोबार भएका कूल १३ कम्पनीमध्ये तीन कम्पनीको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । कूल २१ लाख पाँच हजार छ सय ५७ कित्ता शेयर रु ५७ करोड ८८ लाख ४१ हजार पाँच सय ९३ मूल्यमा खरिद बिक्री भएको छ ।

कूल ६४ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय ३४ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु तीन करोड १५ लाख छ हजार तीन सय ६३ बराबरको शेयर कारोबार भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्