२७ असार २०८३, शनिबार

पल शाहले सार्वजनिक गरे रिहा भएपछिको पहिलो भिडियो

बैशाख २८, २०८०
पल शाहले सार्वजनिक गरे रिहा भएपछिको पहिलो भिडियो

अभिनेता पल शाहको कमब्याक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एक वर्षको कारागार बसाइबाट रिहा भएको दुई महिनापछि बिहीवार उनको अभिनय रहेको ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको गीत सार्वजनिक भएको हो । 

यो फिमेल भर्सनको गीतमा अनु चौधरीको स्वर छ ।

पलको आफ्नै निर्देशनमा तयार भिडियोमा उनीसँगै मोडल सनिशा भट्टराईको अभिनय छ । 

पलले आफूले भोगेको वास्तविक जीवनको कथालाई भिडियोमा प्रस्तुत गरेका छन् । पक्राउदेखि कारागारबाट रिहासम्मको सन्दर्भ पलले भिडियोमा प्रस्तुत गरेका छन् । 

पुष्पन प्रधानको शब्द, संगीत र स्वरमा ‘तिमीलाई हेर्ने बानी पर्यो’को मेल भर्सन डेढ वर्षअघि सार्वजनिक भएको थियो । स्रोता दर्शकले रुचाएको सोही गीतको फिमेल भर्सनबाट पलले अभिनयमा कमब्याक गरेका हुन् । 

राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारीको डिओपी, बुद्ध थापाको छायाँकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । 

पलले आफ्नै अफिसियल युट्युबमार्फत यो भिडियो सार्वजनिक गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्