२८ जेठ २०८३, बिहीबार

कांग्रेस–माओवादीको भ्रष्टाचार विरोधी सभामा रवि लामिछानेको गीत !

बैशाख २८, २०८०
कांग्रेस–माओवादीको भ्रष्टाचार विरोधी सभामा रवि लामिछानेको गीत !

नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसकै अगुवाइमा नागरिक आन्दोलन शुरू गरिएको छ ।

मोरङको विराटनगरमा कांग्रेसकै नेताहरूको अगुवाइमा भ्रष्टाचार विरुद्धको अभियान थालिएको हो । बिहीवार ट्राफिक चोकमा बृहत् नागरिक आन्दोलन भएको छ ।

बृहत् नागरिक आन्दोलनमा नेपाली कांग्रेसका नेता समेत रहेका पूर्व प्रदेशसभा सदस्य सुर्याेमाराज राई, नगर सभापति दीपक चापागाईं लगायतका नेताहरू सहभागी भएका छन् । आन्दोलनमा नेकपा माओवादी केन्द्र, कांग्रेस लगायत दलका नेता–कार्यकर्ता सहभागी भए पनि एमालेका भने कोही पनि सहभागी भएका थिएनन् । 

null

आन्दोलनमा सहभागी भएकाहरूले सरकारले भ्रष्टाचार विरुद्धका अन्य फाइल समेत खोल्नुपर्ने बताए । नक्कली शरणार्थी जस्तै भ्रष्टाचार विरुद्धका अन्य फाइल पनि सरकारले खोल्नुपर्ने कोशी प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य सुर्याेमाराज राईले बताए । 

कार्यक्रममा रवि लामिछानेबारे बनाइएको गीत समेत बजाइएको छ । ‘यो नेपाल हो, यहाँ भ्रष्टाचारको विरोधमा बोल्नु हुँदैन’ भन्ने गीत बजाइएको थियो । रमेशराज भट्टराईको स्वरमा रहेको गीतमा अन्याय अनि देशका लागि लडिरहने भनेर रविलाई उल्लेख गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्