२८ असार २०८३, आइतबार
पदाधिकारी बैठकको ठहर

कांग्रेसले बालकृष्ण खाँणलाई कारवाही नगर्ने, ‘अदालतबाट फैसला नआउँदासम्म कोही दोषी हुँदैन’

बैशाख २८, २०८०
कांग्रेसले बालकृष्ण खाँणलाई कारवाही नगर्ने, ‘अदालतबाट फैसला नआउँदासम्म कोही दोषी हुँदैन’
फाइल फोटो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई नेपाली कांग्रेसले कारवाही नगर्ने भएको छ ।

बिहीवार बसेको पार्टी पदाधिकारी बैठकमा खाँणको विषयमा सामान्य छलफल भए पनि तत्काल कारवाही आवश्यक नभएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री परियारले कांग्रेसले अनुसन्धानलाई सघाइरहेको बताएका छन् । पक्राउ परेका व्यक्ति अभियुक्त मात्रै भएको र दोषी भन्न नमिल्ने उनले बताए ।

उनले भने, ‘उहाँ बुटवल जानुभएको थियो । त्यतैबाट भाग्न पनि सक्नुहुन्थ्यो तर निवासबाटै पक्राउ पर्नुभयो । उहाँले अनुसन्धानमा सघाइरहनुभएको छ । हामीले अदालतको निर्णय पर्खिनुपर्छ । अदालतबाट फैसला नआउँदासम्म कोही दोषी हुँदैन ।’

salt training

कमेन्ट गर्नुहोस्