२४ असार २०८३, बुधबार

आधुनिक खोरमा बाख्रापालन गर्दै देउरालीका महिला

बैशाख २९, २०८०
आधुनिक खोरमा बाख्रापालन गर्दै देउरालीका महिला
प्रतिकात्मक तस्वीर

कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिरहेकी छन् । विगतमा परम्परागत खोरमा बाख्रा पालेकी गुरुङले अहिले भने आधुनिक बाख्राको खोर निर्माण गरेकी छन् ।

१० वटा बाख्राबाट शुरू गरेकी उनका खोरमा २४ वटा बाख्रा भइसकेका छन् । गत दशैंमा घरमा मासुको व्यवस्थासँगै ५ वटा पाठा बेचेर अन्य खर्च एवं बैंकको किस्ता आदि तिरेको उनको मीठो अनुभव छ ।

विगतमा बाँदरका कारण अन्य खेती गर्न नसकेका अवस्थामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी) बाट प्रदान गरिएको अनुदान सहयोगले यतिखेर गुरुङजस्तै गाउँका २४ महिला बाख्रापालनमा लागेका छन् ।

अन्नपूर्ण पशुपालक समूहमा आवद्ध भएका उनीहरू यतिखेर बाख्रापालन सक्रिय बनेका हुन् । आयोजनाले मासु उत्पादन मूल्य शृंखलाअन्तर्गत सम्बन्धित व्यक्ति एवं संस्थाको २० प्रतिशत र बैंकको ३० प्रतिशत ऋण लगानीसहित आयोजनाबाट ५० प्रतिशत अनुदान दिने गरी प्रस्ताव आह्वान गरेकोमा समूहले सबै प्रक्रिया पुर्‍याएर अनुदान सुविधा लिएको थियो ।

बाख्रापालनका लागि कूल १ करोड ९८ लाख लागतमध्ये स्वलगानी ३९ लाख, बैंकको ५९ लाख र आयोजनाको ९९ लाख ४३ हजार रुपैयाँ रहेको अन्नपूर्ण पशुपालक समूहका सचिव अप्सरा श्रेष्ठले जानकारी दिए । समूहले आयोजनासँग विक्रम संवत् २०७८ भदौ ३० गते सम्झौता गरी त्यसअनुरूप २०७९ मंसिर १२ मा योजना सम्पन्न गरी अनुदान बापतको सम्पूर्ण रकम समेत भुक्तानी भइसकेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्