
सिरहाका विभिन्न स्थानबाट प्रहरीले अवैध सामानसहित २ जनालाई पक्राउ गरेको छ ।
आन्तरिक राजस्व विभागको स्टिकरको अपचलन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले खोजतलास गर्दै जाँदा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए ।
घटनाबारे आन्तरिक राजस्व कार्यालयलाई खबर भएपश्चात सामान बरामद गरी आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय लहान पठाइएको छ ।
पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका–१ बाट २२ वर्षीय रामशरण दास र सिरहाको गोलबजार नगरपालिका–६ बाट ३२ वर्षीय मनोजकुमार साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले दासको घरबाट आन्तरिक राजस्व विभागको स्टिकर २५० थान, १ हजार १९ प्याकेट पराग, १ मोबाइल बरामद गरेको छ भने साहको घरबाट ६०० प्याकेट पराग, १ मोबाइल, अंगुरी बोरा २ बरामद गरेको छ ।