×

इन्डियाको लखनऊ शहर कबाबका लागि निकै प्रख्यात स्थल हो । जहाँ कैयौ किसिमका कबाब चाख्न पाइन्छ ।

Laxmi Bank

कबाबका पारखीहरूको घुइँचो लाग्ने लखनऊ शहरमा सधैं भीडभाड रहन्छ ।


Advertisment

मुगलहरूको प्रिय परिकार ‘टुन्डे कबाब’ लखनऊमा धेरै पहिलादेखि लोकप्रिय छ । मुखमा हाल्दा पग्लिने खालको मटन कबाबले कसको मन नतान्ला ? शाही भान्साबाट शुरू भएको यो परिकार लखनऊवासीले अहिलेसम्म जोगाइराखेका छन् ।


Advertisment

यो कबाबलाई टुन्डे कबाबी भनेर पनि चिनिन्छ । त्यसै पनि लखनऊ नबाबहरूको शहर हो, जहाँ प्रख्यात कवि, गीताकारहरूको बाहुल्य छ । जसलाई कबाब र बिर्यानीको खानि मानिन्छ । यस्ता कामोउत्तेजक खानाहरूको मुख्य घर भनेर यो शहरलाई चिनिन्छ ।

null

इतिहास, वास्तुकला, चमत्कार, समृद्ध साहित्य र भव्य पाक मामिला लखनऊ शहरको विशेषता हो । 

मासुका पारखीहरूका लागि रसिला कबाबहरू गलोती, बोटी, चपली, टुन्डे सबैको जन्मस्थल यही लखनऊ शहर मानिन्छ । यहाँका कबाबहरू दाँत नभएका बुढाबुढीले पनि सहजै खान सक्छन् । यी कबाबहरू बनाउँदा परम्परागत रूपमा जाने हो भने १६० प्रकारका मसला सामग्रीहरू जुटाउनुपर्ने हुन्छ ।

व्यावसायिक रूपमा व्यापक चल्न थालेपछि बिस्तारै मसला र सामग्री घटाएर सहज बनाइँदै गएको छ । 

null

कसरी बन्छ टुन्डे कबाब ?

टुन्डे कबाब बनाउन चाहिने सामगीः मटन, भेडा या राँगाको रातो फलमासुको किमा ५०० ग्राम, टुन्डे कबाब मसला पाउडर १ चिया चम्चा, काचो मेवाको पेस्ट ३ चिया चम्चा, गरम मसला पाइडर १ चिया चम्चा, अदुवा लसुनको पेस्ट १ चिया चम्चा, फ्राई काजुको पेस्ट १ चिया चम्चा, फ्राई अनियन पेस्ट १ चिया चम्चा, फाइन चप धनियाँ १ चम्चा, घ्युमा भुटेको बेसन १ चम्चा, गुलाब जल १ चम्चा, खुर्सानीको धुलो आधा चम्चा, केसर पानी १ चम्चा, शुद्ध घ्यु १ चम्चा, नून स्वादअनुसार, सुकमेलको दाना ५ पिस, ल्वाङ दाना ३ पिस ।

null

टुन्डे कबाब बनाउने विधिः दिएका सम्पूर्ण मसला हालेर मासुलाई माड्ने र पुनः ब्यलेन्डरमा हालेर ब्लेन्ड गरी मिहिन हुने गरी पिस्ने । पटक–पटक मासुलाई हातले माडेर मसाज गर्ने । एउटा बाटामा राखेर झरिलो गरी बालेको आगोको ३ फिलिङ्गो राखेर माथिबाट ल्वाङ, सुकमेलको दाना हाली घ्युले धुप दिने र माथिबाट अर्को बाटाले छोपिदिने ।

null

कम्तीमा आधा घण्टा रेस्ट गराएपछि सानो–सानो डल्लो बनाएर बाक्लो तातेको तावामा घ्यु हाली बाबर जसरी बर्गरको प्याटिज जस्तो बनाउने । ५ मिनेटपछि फर्काउने र पुनः ब्राउन कलर हुने गरी डाम्ने । एवम् रूपमा सबै कबाब डाम्नासाथ धनियाँ, पुदिना, लसुन, नून हालेर तयार गरिएको चटनीसँग तातो–तातो टेन्डे कबाब घरमै बनाएर खान सकिन्छ ।

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

जेठ २, २०८१

नेकपा (एकीकृत समाजवादी)ले यतिबेला आफ्नो अस्तित्वको लडाईँ लडिरहेको छ । मैले अस्तित्व भनेर पार्टीमाथि धावा बोलेको हो कि भन्ने पाठकलाई लाग्न सक्छ, तर नेकपा एस यतिबेला अस्तित्वको लडाईँमै छ । पार्टी स्थापना भएको करि...

मानसिक अशान्तिका कारण र असर

मानसिक अशान्तिका कारण र असर

कात्तिक २४, २०८१

मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

x