
श्रीमतीको हत्या अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या अभियोगमा काठमाडौँको टोखा नगरपालिका-८ स्थित डेरागरी बस्ने धनकुटाको कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पालाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूबीच मादक पदार्थ सेवनगरी एकआपसमा झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त महाराजगंजले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।