रुसले युक्रेनको खमेलनित्स्की शहरस्थित हतियार भण्डारमा शनिवार बिहान २१ वटा शाहेद ड्रोनमार्फत आक्रमण गरेको छ ।
आक्रमणका कारण आगोको भयंकर मुश्लो उठेको थियो अनि कैयौंपटक विस्फोटनको आवाज सुनिएको थियो ।
घटनामा ३० भन्दा बढी मानिस घाइते भएको बताइएको छ ।
युक्रेनले रुसविरुद्ध गर्ने भनिएको प्रत्याक्रमण कारवाही शुरू हुनुअघि हतियार भण्डारहरूलाई रुसले निशाना बनाएको देखिन्छ ।
युक्रेनी वायुसेनाका प्रवक्ता युरी इहनातका अनुसार, रुसले प्रहार गरेको २१ मध्ये १७ वटा ड्रोनलाई बाटैमा नष्ट गरिएको थियो । तर चारवटा ड्रोनले महत्त्वपूर्ण पूर्वाधार नष्ट गराए ।