
शेर्पा गाइडका रूपमा रहेको पासाङ दावा शेर्पा सगरमाथाको २६औं पटक सफल आरोहण गर्ने दोस्रो व्यक्ति बनेको भनी विदेशी सञ्चारमाध्यमहरूमा खबर आएको छ ।
रोयटर्स समाचार संस्थाले दिएको खबरलाई संसारका विभिन्न सञ्चारमाध्यमहरूले क्यारी गरेका हुन् ।
४६ वर्षीय शेर्पाले कामी रिता शेर्पाको कीर्तिमानको बराबरी गरेको पर्यटन अधिकृत विज्ञान कोइरालाले जानकारी दिएका छन् ।
कामी रिता पनि अहिले सगरमाथा चढिरहेका छन् । उनी शिखर पुग्न सफल भएमा अर्को कीर्तिमान कायम हुनेछ ।
हंगेरीका एक आरोहीसँग पासाङ सगरमाथाको टुप्पोमा पुगेको उनीआबद्ध कम्पनी इमाजिन नेपाल ट्रेक्सले जानकारी दिएको छ ।
‘उनीहरू अहिले ओर्लिरहेका छन् र स्वास्थ्य अवस्था राम्रो छ,’ दावा फुटी शेर्पाले रोयटर्स समाचार संस्थालाई बताएका छन् ।