
काठमाडौं, २० भदौ — दोक्लम विवाद अन्त्यपछि भारत र चीनका शीर्ष नेताहरूबीच भएको छलफलमा द्विदेशीय सम्बन्ध सुधारको कुराकानी भएको सञ्चारमाध्यमहरूले लेखेका छन् ।

चीनको सियामेनमा भइरहेको ब्रिक्स बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बीच कुराकानी भएको हो ।
राष्ट्रपति सीले चीन र भारतको सम्बन्धलाई सही दिशातर्फ डोहो–याउनु जरूरी रहेको बताए ।
मोदीले सीलाई ब्रिक्स शिखर सम्मेलन सफल बनाएको र ब्रिक्सको सान्दर्भिकता कायम राखेकोमा बधाई दिए ।
सीले चीन छिमेकी मुलुक भारतसँग मिलेर पञ्चशील सिद्धान्तअन्तर्गत रही काम गर्न इच्छुक रहेको टिप्पणी गरे । चीन र भारत छिमेकी अनि विकासशील देश भएको नाताले मिलेर काम गर्नुपर्ने बताए ।
एजेन्सी