१४ असार २०८३, आइतबार

पाकिस्तान : हिरासतबाट निस्केपछि सेनाको कठोर आलोचना गरे इमरान खानले

बैशाख ३१, २०८०
पाकिस्तान : हिरासतबाट निस्केपछि सेनाको कठोर आलोचना गरे इमरान खानले

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले हिरासतमुक्त भएपछि शनिवार देशलाई सम्बोधन गर्ने क्रममा सेनाको कठोर आलोचना गरेका छन् । 

राजनीतिमा आउनका लागि आफ्नै राजनीतिक दल खोल्न उनले सेनालाई सुझाव दिए । सेनाले पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीलाई दमन गर्न खोजेको उनको भनाइ छ । 

सेनाले चालेको कदमका कारण देश संकटकालीन स्थितिमा आइपुगेको उनको भनाइ छ । 

शुक्रवार धरौटीमा रिहा गरिएपछि इमरान पुनः पक्राउ पर्न सकिने भन्दै इस्लामाबाद उच्च अदालतमा बसिरहे । अनि आइतवार बिहान सबेरै उनी लाहोरमा रहेको आफ्नो घर पुगे । 

आयातित सरकारले आफूमाथि आक्रमण गराउन खोजेको आरोप पनि उनले लगाए । 

सेनाप्रति आक्रोश बर्साएका खानले न्यायालयको चाहिँ प्रशंसा गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्