
बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मदन राईलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत खोटाङले अनुमति दिएको छ ।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्नका लागि सात दिनकाे म्याद थप भएकाे जिल्ला प्रहरी कार्यालय खाेटाङले जनाएकाे छ ।
‘शुभद्रा मदन फाउन्डेसन’ मा पढ्ने किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई प्रहरीले शुक्रवार पक्राउ गरेको थियो ।
फाउन्डेसनका संस्थापकसमेत रहेका ७५ वर्षीय राईलाई फाउन्डेसनबाटै पक्राउ परेका थिए ।
उनी कृषि विज्ञका रूपमा समेत परिचित छन् ।