०८ असार २०८३, सोमबार

राजनीतिमा झगडै झगडा, भुसालले गरे सहमतिको कुरा

कात्तिक २०, २०७४
राजनीतिमा झगडै झगडा, भुसालले गरे सहमतिको कुरा

काठमाडौं, २० भदौ - नेपालको राजनीतिमा जहिल्यै झगडा हुन्छ । तर कलाकार शिशिर भुसाल ले गीत संगीतको माध्यम बाट सहमतिको कुरा गरेका छन् । गायक भुसाल ले गीती एल्बम सहमतिमा त्यस्तो कुरा गरेका हुन् ।

बैकुण्ठ महतको सब्द सङ्गीत मा वास्तबिक प्रेम बियोगान्त लोक दोहोरी गीत सहमति बजारमा आएको छ । गीत सङ्गीत प्रतिको अथाह रुची र अबिरल मेहनतका कारण गीत गायनको बिधाबाट परिचित भुसाल बिशेष गरि नव आगन्तुकदेखी साङ्गीतिक क्षेत्रमा विशिष्ट ब्यक्तित्वसम्म सहकार्य गर्न सक्ने खुबी राख्छन् ।

बिष पिउदिन जादिन झुन्डिन
जिन्दगी हो के पर्छ कुन दिन
माया सफल हुदैन लाउने जतिमा
दोष लगाउँदै टाडिन नखोजन मायालु बरु रुदै छूटौला सहमतिमा

फरक कथा बस्तुमा तयार पारिएको यस गीत को म्युजिक भिडियो समेत बजारमा सार्बजनिक भएको छ । यस भिडियोमा चर्चित मोडेल सारिका केसी र राजेश सिंहले अभिनय गरेका छन् । भिडियो निर्देशक देबेन्द्र अधिकारीले गरेका छन् ।

बरदान डिजिटल प्रालि बाट बजारमा आएको र चर्चा पाउनेमा कम्पनिका संचालक गायक बैकुण्ठ महतले बताउनु भयो । यस गीतमा पूर्णकला बिसी र शिशिर भुसालको आवाज रहेको छ ।

सहमति ले पनि भुसालका अघिल्ला गीतहरुले झै चर्चा पाउने र स्रोता दर्सक को मन जित्ने कुरामा ढुक्क रहेको गायक भुसाले बताए । भुसालले यो भन्दा अघि झण्डै एक दर्जन गीती एल्बम सार्वजनिक गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्