१३ असार २०८३, शनिबार

भारतमा बन्छन् नेपाल सरकारका नक्कली स्टीकर, काठमाडौंका व्यापारीको संलग्नता

कात्तिक २०, २०७४
भारतमा बन्छन् नेपाल सरकारका नक्कली स्टीकर, काठमाडौंका व्यापारीको संलग्नता

वीरगञ्ज, २० भदौ– नेपाल सरकारको लोगोसहित आन्तरिक कार्यालयको छापअंकित ५० केजी (८७ हजारभन्दा बढी) नक्कली स्टीकरसहित आइतवार पक्राउ परेका भारतीय वीरेन्द्र गुप्तालाई थुनामा राखी अनुसन्धान भइरहेको छ ।


भारतबाट समान लिई नेपालतर्फ आइरहेको हिमालय ट्रान्सपोर्टको गाडी वीरगञ्ज भन्सार क्षेत्रमा जाँच गर्दा सो नक्कली स्टीकर फेला परेको आन्तरिक राजस्व कार्यालय पर्साले जनाएको छ ।

कार्यालयका अनुसार सो स्टीकर काठमाडौँ बौद्धस्थित हरिओम टे«डिंग प्रालिको रहेको अनुसन्धान क्रममा खुल्न आएको छ । सो स्टीकर आन्तरिक राजस्व विभागले मात्र मगाउने कानून प्रावधान रहे पनि हरिओम ट्रेडिङ प्रालिले कसरी ल्यायो भन्नेबारेमा छानबिन भइरहेको छ ।

आन्तरिक राजस्व कार्यालयका निमित्त प्रमुख रञ्जीता दत्तले अभियुक्त गुप्तालाई थुनामा राखी बयान लिने काम भइरहेको बताउनुभयो ।

कपडा बरामद

वडा प्रहरी कार्यालय बिर्ताले गए राति वीरगञ्ज महानगरपालिका–५ कारागार क्षेत्रमा रहेको एक घरमा छापा मारी रु २० लाख मूल्य बराबरका विभिन्न प्रकारका कपडा बरामद गरेको छ ।

सो घरमा डेरा लिई बस्दै आएका उमाशंकर पण्डितले भारतबाट अवैध रुपमा कपडा तस्करी गरी उक्त घरमा राखेको सूचनाका आधारमा प्रहरीले छापा मारेको प्रहरी निरीक्षक अनीशकुमार कर्णले राससलाई बताए । फरार पण्डितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्