२७ असार २०८३, शनिबार

राम रहीमकी हनिप्रीत नेपाल पुगिन् ? भारतीय प्रहरीको यस्तो जवाफ

कात्तिक २०, २०७४
राम रहीमकी हनिप्रीत नेपाल पुगिन् ? भारतीय प्रहरीको यस्तो जवाफ

एक भिक्षुणी (साध्वी)लाई बलात्कार गरेको अभियोगमा जेल सजाय पाएका भारतीय ‘धर्म गुरु’ भनिने डेरा सच्चा सौदाका प्रमुख गुरमित राम रहीमकी कथित छोरी तथा सहयोगी हनिप्रीत भारतबाट भागेर नेपाल आएको आशंका गरिएको छ ।

बलात्कारको अभियोगमा दोषी पाइएका राम रहीमलाई अदालतबाटै भगाउने षड्यन्त्र गरेको भन्दै भारतीय प्रहरीले हनिप्रीतविरुद्ध लुकआउट नोटिस जारी गरिसकेको छ । र प्रहरीले अहिले उनको खोजी तीब्र पारेको छ ।

हनिप्रीतको खोजीका लागि भारतीय राज्य हरियाणाको प्रहरी टोली नेपालसँग जोडिएका भारतीय शहरमा सक्रिय भएको छ । हनिप्रीत नेपाल आएको भन्दै नेपाली नाकामा खोजी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हनिप्रीतको खोजीका लागि हरियाणा प्रहरीका एसपी घनश्याम चैरसियासहितको टोली भारतीय राज्य उत्तर प्रदेशको लाखीमपुर खिरी पुगेको छ । लाखीमपुर खिरी पश्चिम नेपालसँग सीमा जोडिएको भारतीय जिल्ला हो ।

हरियाणा प्रहरीले विगत एक सातादेखि नेपालका पश्चिमी जिल्लासँग सीमा जोडिएका भारतीय नाकामा खोजी तीब्र पारेको छ ।

हरियाणा प्रहरीले कैलालीसँग सीमा जोडिएको भारतीय नाका गौरीफन्टा र कञ्चनपुरसँग सीमा जोडिएको बनबासा, टनकपुर क्षेत्रमा हनिप्रीतको खोजी गरेको थियो । सो क्षेत्रबाट हनिप्रीत नेपाल भागेकोबारे पर्याप्त सूचना नमिलेको एसपी चौरसीयाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्