
बंगालको खाडीबाट उत्पत्ति भई म्यानमारसम्म पुगेको शक्तिशाली चक्रवात ‘मोखा’मा परेर कम्तीमा ५ जनाको मृत्यु भएको छ ।
चक्रवात बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा पुगेको छ । प्रभावित क्षेत्रमा तीव्र हावाहुरी र वर्षा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बंगलादेशको कक्सस्थित शरणार्थी शिविरमा चक्रवातका कारण १ हजार ३०० बढी झुपडीमा क्षति पुगेको छ । चक्रवातका कारण तटीय क्षेत्रमा भूक्षय र बाढी आएको छ ।
पूर्व सावधानी अपनाउँदै चक्रवात पुग्नुअघि नै ५ लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो । प्रभावित व्यक्तिहरूलाई स्थानीय विद्यालयमा राखिएको छ ।