०४ साउन २०८३, सोमबार

चीनमा जनसंख्या घटिरहेकाले बच्चा जन्माउनका लागि परियोजना ल्याइँदै

जेठ १, २०८०
चीनमा जनसंख्या घटिरहेकाले बच्चा जन्माउनका लागि परियोजना ल्याइँदै

चीनले २० भन्दा बढी शहरमा नयाँ युगअनुकूल विवाह तथा सन्तान जन्माउने संस्कृति निर्माणमा आरम्भिक परियोजनाहरू शुरू गर्ने भएको छ । 

देशमा जन्मदर घटिरहेको बेलामा अधिकारीहरूले मैत्रीपूर्ण सन्तान उृत्पादन वातावरण निर्माण गर्न खोजेका हुन् । 

यस परियोजना अन्तर्गत महिलाहरूलाई विवाह गर्न तथा सन्तान जन्माउन प्रेरित गरिनेछ । त्यहाँको परिवार नियोजन संघले यसको सञ्चालन गर्नेछ । 

विवाह गर्ने, उपयुक्त समयमा सन्तान जन्माउने, मातापितालाई सन्तान हुर्काउने जिम्मेवारी साझा गर्ने तथा वधू मूल्य लगायतका परम्परालाई नियन्त्रण गर्ने काम परियोजनाको केन्द्रमा रहनेछन् । 

मानिसहरूलाई विवाहका लागि प्रेरित गर्न चीनका विभिन्न प्रान्तहरूले अनेकौं उपाय अपनाइरहेका छन् । करछुट दिने, घर किन्नका लागि सहुलियत कर्जा उपलब्ध गराउने अनि तेस्रो सन्तान पाउनका लागि निःशुल्क वा सहुलियतपूर्ण शिक्षाको व्यवस्था गर्ने उपायहरू अपनाइएको छ । 

चीनले सन् १९८० मा अपनाएको एक सन्तान नीतिका कारण जनसांख्यिक समस्या आएको छ । अहिले चीनलाई उछिनेर भारत संसारमा सबभन्दा धेरै जनसंख्या भएको मुलुक बनेको छ । 

अहिले चीनले तीन सन्तानसम्म पाउनका लागि अनुमति दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्