भारतको पश्चिम बंगालमा एक व्यक्तिले आफ्नो पाँच महिनाको छोरोको लाश झोलामा राखेर २०० किलोमिटर यात्रा गर्नुपरेको घटना सार्वजनिक भएको छ ।
सिलिगुडीबाट कालियागञ्जसम्म लैजानका लागि एम्बुलेन्स चालकले ८ हजार भारुको माग गरेपछि तिर्न नसकी उनले झोलामा शव बोक्नुपरेको हो ।
पिता असिम देवशर्माले भने, ‘मेरो छोरो सिलिगुडीको अस्पतालमा ६ दिनसम्म उपचार गर्दा पनि निको नभएपछि हिजो राति मर्यो । अस्पतालमा मेरो १६ हजार भारु खर्च भयो । कालियागञ्ज लैजानका लागि एम्बुलेन्स चालकले ८ हजार भारु माग्यो । मसँग तिर्नका लागि त्यति धेरै पैसा थिएन ।’
त्यसपछि आफूले छोरोको लाश एउटा झोलामा राखेर बस चढी कालियागञ्ज गएको देवशर्मा दाबी गर्छन् । बसमा रहेका अन्य यात्रुलाई झोलामा के छ नभनेको उनी बताउँछन् ।
एम्बुलेन्स चालकले १०२ योजनाअन्तर्गत बिरामीका लागि सेवा निःशुल्क रहेको तर लाश लैजानका लागि पैसा तिर्नुपर्ने बताएका थिए ।
यस विषयमा पश्चिम बंगाल सरकार र विपक्षी दलहरूबीच राजनीतिक आक्षेपको सिलसिला शुरू भएको छ ।
No Money For Ambulance, Took Bus With Son's Body In Bag, Says Bengal Man
— NDTV Videos (@ndtvvideos) May 15, 2023
Read here: https://t.co/eKrpUDUliJ pic.twitter.com/F9QUWrgdnM