२२ जेठ २०८३, शुक्रबार

द केरल स्टोरीकी अभिनेत्री अदा शर्मा परिन् दुर्घटनामा, आइरहेको थियो ज्यान मार्ने धम्की

जेठ १, २०८०
द केरल स्टोरीकी अभिनेत्री अदा शर्मा परिन् दुर्घटनामा, आइरहेको थियो ज्यान मार्ने धम्की

विवादास्पद फिल्म द केरल स्टोरीकी अभिनेत्री अदा शर्मा दुर्घटनामा परेकी छन् ।

आइतवार करीमनगर नामक स्थानमा हिन्दू एकता यात्रामा सहभागी हुनका लागि फिल्म निर्देशक सुदीप्तो सेनसँग गाडीमा जाँदै गर्दा अदा दुर्घटनामा परेकी हुन् । 

आफू र अन्य सबैजना सुरक्षित रहेको जानकारी अदाले दिएकी छन् । आफ्नो इन्स्टाग्राम र ट्विटर अकाउन्टबाट उनले यो सन्देश दिएकी हुन् । 

यसैबीच अदा शर्माले द केरल स्टोरीका लागि ज्यान मार्ने धम्कीको सामना गर्नुपरेको बताइएको छ । यो फिल्म तथ्यमा आधारित नरहेको र मुस्लिम समुदायविरुद्ध घृणा फैलाउने नियतले बनाइएको आरोप लगाइएको छ । 

पश्चिम बंगाल र तमिलनाडु सरकारले फिल्ममा प्रतिबन्ध समेत लगाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्