काठमाडौं, २० भदौ — दुई चरणको स्थानीय तह निर्वाचन बहिस्कार गरेर तेस्रो चरणको चुनावमा भने सहभागि हुन सहमति जनाएको राजपा नेपालले अधिकांश उम्मेदवारको टुंगो लगाएको छ ।
.jpeg?1504619182789)
लामो रस्साकस्सीपछि राजपाले उम्मेदवारको टुंगो लगाएको हो । ६ पार्टी एकीकरण भएर बनेको राजपामा धेरै आकांक्षी हुँदा नेतृत्वलाई उम्मेदवारको टुंगो लगाउन हम्मेमम्मे पर्दै आएको थियो ।
यद्यपी आज बसेको अध्यक्ष मण्डलको बैठकले उम्मेदवारको अधिकांश सूचि फाइनल गरेको हो । दुई नम्बर प्रदेशका ८ जिल्लामा आगामी असोज २ गते तेस्रो चरणको स्थानीय तह निर्वाचन हुँदै छ भने भोलि बुधबारलाई मनोनयन दर्ताको समय तोकिएको छ ।
भोलि फेरि बैठक बसेर बाँकी ठाउँका उम्मेदवारको टुंगो लगाइने बताइएको छ ।