×

NMB BANK
NIC ASIA

काभ्रेबाट शुरु भयो उच्च रक्तचाप नियन्त्रण अभियान

जेठ ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ । 

Muktinath Bank

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा अभियानको नमूना अभ्यास कार्यक्रम थालिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा लागू गरिएको उक्त अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जाने स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘काभ्रेपलाञ्चोक उच्च उक्तचाप हेरचाह व्यवस्थापन पहल’ नाम दिएर बुधवार धुलिखेलमा कार्यक्रमको आयोजना गरी अभियान शुरु गरिएको हो । ​


Advertisment
Nabil box
Kumari

कार्यक्रमअन्तर्गत पहिला स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिएर गाउँगाउँमा ‘हाइपरटेन्सन’का बिरामीको स्क्रिनिङ गरी उपचारका लागि स्वास्थ्य संस्थामा ल्याइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

“काभ्रेपलाञ्चोकमा लागू गरिएको अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जान्छौँ”, उनले भने । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का डा. ग्याम्पो दार्जेले नमूनाका लागि देशमै पहिलो पटक काभ्रेपलाञ्चोकबाट यो कार्यक्रम लागू गरिएको बताए । उनले हाइपरटेन्सन नियन्त्रण कार्यक्रमलाई गम्भीरतापूर्वक लिनसमेत आग्रह गरे । 

प्रदेश स्वास्थ्य मन्त्रालयको नसर्ने रोग महाशाखा प्रमुख डा. फणीन्द्रप्रसाद बडालका अनुसार अभियानअन्तर्गत जिल्लाका स्थानीय सरकारले निरन्तरताको जिम्मेवारी लिनुपर्ने छ । काभ्रेपलाञ्चोक उच्च रक्तचाप नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक औषधिको व्यवस्था भइसकेको छ । बिरामीको अवस्था हेरि तीन थरीका औषधि निःशुल्क वितरण हुने जनाइएको छ । 

स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेढाईले काभ्रेको कूल जनसङ्ख्याको ३० हजारभन्दा बढी नागरिकमा उच्च रक्तचापको समस्या रहेको जानकारी दिए । उनका अनुसार हाल जिल्लामा १८ वर्षमाथिका ५१ हजार दुई सय ८१ जनामा उच्च रक्तचापको समस्या छ । ​

यसमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा नौ हजार चार सय ८२ उच्च रक्तचापका बिरामी छन् । जिल्लाको १३ स्थानीय तहमा उच्च रक्तचाप नियन्त्रणका कार्यक्रम सञ्चालन गरिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x