×

NMB BANK
NIC ASIA

सिटी तीन वर्षमा दोस्रोपटक च्याम्पियन्स लीगको फाइनलमा, उपाधिका लागि इन्टरसँग भिडन्त

जेठ ४, २०८०

NTC
Premier Steels

१४ पटककाे विजेता स्पेनिस रियल म्याड्रिडलाई समग्रमा ५–१ गोल अन्तरले पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लीगको फाइनलमा प्रवेश गरेको छ ।

Muktinath Bank

गएराति भएको सेमिफाइनलको दोस्रो  लेगमा सिटी रियललाई ४–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो । सिटीकाे याे तीन वर्षमा दाेस्राे फाइनल हाे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो लेग १–१ गोल बराबरी भए पनि दोस्रो लेगमा आफ्नै इत्तेहाद स्टेडियममा सिटी शानदार लयमा देखियाे । यस अघि २०२०/२०२१ को सिजनमा फाइनलमा पुगे पनि सिटी चेल्सीसँग १–० गोलले पराजित हुँदै उपाधिविहीन बन्न पुगेको थियो । यसपटक च्याम्पियन्स लिगको राजा रियललाई सहजै पाखा लगाएकाे सिटीले उपाधिका लागि इटालीकाे इन्टर मिलानसँग खेल्नेछ ।  


Advertisment
Nabil box
Kumari

फाइनल आगामी १० जुनमा टर्कीको इन्तानबुलमा हुनेछ । 

Vianet communication

रियललाई सहज जित दिलाउने क्रममा सिटीले पहिलो हाफमा एकपक्षीय उच्च प्रदर्शन गर्दै २–० को अग्रता लियो । २३ र ३७ औं मिनेटमा पोर्चुगिज बर्नान्डो सिल्भाले दुवै गोल गरे । 

दोस्रो हाफमा सिटीमाथि दबाब बढाउन खोजे पनि रियल सफल भएन । सिटीको दबाब थेग्न नसक्दा ७६ औं मिनेटमा रियलका म्यानुअल अकान्जीले बल क्लियर नसक्दा आत्मघाती गोलको सामना गर्नुपर्यो । याे गाेलपछि रियलकाे खेलमा फर्कने बाटाे अन्त्य भयाे ।  

अर्लिङ हालान्डको सट्टामा ८९ औं मिनेटमा मैदान छिरेका जुलिएन अल्भारेजले ९१ औं मिनेटमा गोल गर्दा सिटीले सहजै ४–० को जित दर्ता गरेको हो ।

हालान्डका तीनवटा प्रहारलाई रियलका गोलकिपरले  कोर्टवाले उत्कृष्ट बचाउ गर्दा सिटी थप गोल बढाउनबाट चुकेको थियो । 

इन्टर मिलान एसी मिलानलाई समग्रमा ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । 

विश्वकप फुटबलका विजेता टोली अर्जेन्टिनाका लाउटारो मार्टिनेज र जुलिएन अल्भारेज मध्ये एकले च्याम्पियन्स लिग पनि जित्ने पक्का गरेका छन् । 

इन्टर मिलानले अहिलेसम्म तीनपटक च्याम्पियन्स लीगको उपाधि जितेको छ । अन्तिमपटक २०१० मा इन्टरले यो उपाधि जितेको थियो । त्यसअघि १९६४ र १९६५ मा इन्टरले उपाधि जितेको थियो ।  

फाइनल खेल्दै गरेका सिटी र इन्टरले अहिलेसम्म ३ खेल एक आपसमा खेल्दा एकएक जीत र एउटामा बराबरी खेलेका छन् । 

इन्टर मिलानको यसपटक इटालीको लीग जित्ने सम्भावना सकिइसकेको छ । तीन खेल बाँकी हुँदा नेपोलीले लीग जितिसकेको छ । तीन खेल खेल्दा इन्टर युभेन्टसलाई जित्दै दोस्रो स्थानमा भने पुग्न सक्नेछ । तर युभेन्टसले तीनवटै खेल जिते इन्टरले तीन खेलजित्नुले अर्थ राख्दैन । इन्टर युभेन्टसभन्दा तीन अंकले पछाडि छ ।  

यता सिटी फेरि पनि इंंग्लिस लीग जित्न तीन खेलमा मात्रै एक जीतबाट टाढा छ । यस सिजन लयमा नरहेको चेल्सीलाई अबको खेलमा पराजित गर्न सके सिटी आर्सनललाई स्तब्ध पार्दै फेरि लीग च्याम्पियन बन्नेछ । 

घरेलु लीगको लय र स्टार खेलाडीले भरिएको टिम भएकोले पनि यसपटक सिटीले उपाधि उचाल्ने अनुमान धेरैको छ । 

तर लीगभन्दा पनि ठूलो च्याम्पियन्स लीग पहिलोपटक जितेर सिटी आफूलाई अब्बल सावित गर्ने धुनमा हुनेछ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x