
काठमाडौंको बौद्ध तिनचुलीबाट १० जना जुवाडे पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–६ बौद्ध तिनचुलीस्थित ६० वर्षीय रिन्छेन शेर्पाको होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा रिन्छेनसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरू बुधवार राति पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट २ लाख २५ हजार ७ सय ३० रूपैयाँ नगद र १६ थान कौडा पनि बरामद भएको प्रहरीले जनाएको छ ।
कमलाछीमा जुवातास खेलिरहेको सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।