१४ असार २०८३, आइतबार

द्वन्द्वकालीन मुद्दामा प्रमुख दलहरू एक ठाउँमा उभिनुपर्छ– प्रधानमन्त्री प्रचण्ड

द्वन्द्वकालीन मुद्दामा प्रमुख दलहरू एक ठाउँमा उभिनुपर्छ– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले द्वन्द्वकालीन मुद्दाको विषयलाई टुंगोमा पुर्‍याउन प्रमुख दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसदसँगको प्रश्नोत्तरमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति नदिनेमा आफू पहिलेदेखि नै प्रस्ट रहेको भन्दै दलबीचको सहमतिमा द्वन्द्वकालीन विषयलाई टुंगोमा पुर्‍याउनुपर्ने बताएका हुन् । 

‘विद्रोहीका तर्फबाट हस्ताक्षरकर्ताको नाताले जघन्य अपराधमा संलग्नलाई कुनै उन्मुक्ति नदिने प्रतिबद्धतामा गिरिजाबाबु (तत्कालीन प्रधानमन्त्री)लाई कन्भिन्स गराएको थिएँ,’ प्रचण्डले भने, ‘द्वन्द्वकालीन मुद्दाका विषयमा सबै दल एक ठाउँमा उभिएर टुंगोमा पुर्‍याउनुपर्छ ।’

उनले यसलाई निकास दिन प्रयास भइरहेको बताए ।

'(सत्यनिरुपण र बेपत्ता खोजबिनसम्बन्धी) दुवै विधेयक संशोधनको प्रक्रियामा छ । यो विषयमा वृहत् राजनीतिक सहमतिका निम्ति प्रयास गरेको जानकारी गराउँछु । परिवर्तनमा सबै दलबीचको सहमतिबाट विधेयकलाई पारित गरेर शान्ति प्रक्रियाको कामलाई छिटोभन्दा छिटो पारित गराउँछौं,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्