०८ असार २०८३, सोमबार

भूकम्पपीडितलाई दोस्रो र तेस्रो किस्ताको रकम वितरणमा ढिलाइ

कात्तिक २०, २०७४
भूकम्पपीडितलाई दोस्रो र तेस्रो किस्ताको रकम वितरणमा ढिलाइ
काठमाडौँ, २१ भदौ- भूकम्पमा ध्वस्त निजी भवन पुनर्निर्माणका लागि दिने भनिएको दोस्रो र तेस्रो किस्ताबापतको अनुदान रकम वितरण निकै सुस्त छ । जसले गर्दा पीडितको घर निर्माणमा ढिलाइ भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार दोस्रो र तेस्रो किस्ताको रकम मापदण्ड पूरा गरेका पीडितलाई मात्रै दिने भएकाले वितरण सुस्त बनेको हो ।
nepal-money
प्राधिकरणको तथ्यांकअनुसार अनुदान सम्झौता गरिएका ६ लाख ३५ हजार २८९ पीडितमध्ये ६२ हजार ५९७ ले मात्रै दोस्रो किस्ताबापतको रकम लिएका छन् । यो अनुदान सम्झौता भएका कुल पीडितको ९.८५ प्रतिशत मात्रै हो । त्यस्तै, तेस्रो किस्ताको रकम तीन हजार ७९१ जनाले मात्रै लगेका छन् । अर्थात् अनुदान सम्झौता गरिएका कुल पीडितमध्ये ०.५९ प्रतिशतले मात्रै तेस्रो किस्ताबापतको अनुदान पाएका छन् । पहिलो किस्ताबापतको अनुदान रकम भने ६ लाख चार हजार ४०२ अर्थात् ९५.१३ प्रतिशत भूकम्पपीडितले लगिसकेको प्राधिकरणले जनाएको छ, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्