१३ असार २०८३, शनिबार

प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वाग्ले निर्विरोध निर्वाचित

प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वाग्ले निर्विरोध निर्वाचित

प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएका छन् । 

राजधानीमा बुधवारदेखि शुरु भएको समाजको १२औं महाधिवेशन तथा २५औं साधारणसभाले ३६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक डा. मधुसुदन पुनले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्षद्वयमा ईश्वरराज लौडारी र गोकर्ण अर्याल निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्षमा कृष्ण केसी निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । 

कोशी प्रदेश उपाध्यक्षमा जीवनकुमार राई, मधेश प्रदेश उपाध्यक्षमा रामनारायण देव, बागमती प्रदेश उपाध्यक्षमा भरतप्रसाद दवाडी, गण्डकी प्रदेश उपाध्यक्षमा जीवलाल काफ्ले, लुम्बिनी प्रदेश उपाध्यक्षमा शङ्करदिवस मजगैयाँ, कर्णाली प्रदेश उपाध्यक्षमा ध्रुवबहादुर मल्ल र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा सुरेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् ।​

यसैगरी महिला उपाध्यक्षद्वयमा अनार बस्नेत र मेनका राजभण्डारी श्रेष्ठ निर्वाचित भएका छन् । 

समाजको महासचिवमा डा. वासुदेव भण्डारी, कोषाध्यक्षमा पुष्पमान श्रेष्ठ, उपमहासचिवमा सिभी मल्ल र सचिमा प्राडा अक्कलदेव मिश्र निर्वाचित भएका संयोजक पुनले जानकारी दिए । यसैगरी १९ केन्द्रीय सदस्य पनि महाधिवेशनले निर्वाचित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्