माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले माओवादी र जसपालाई प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेका छन् ।
संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता थापाले केन्द्रमा १० दलीय गठबन्धनमा कायम रहेकाले प्रदेशमा पनि त्यसको मर्मअनुरूप अगाडि बढ्नुपर्ने बताए । माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता नगर्दा समस्या भएको भन्दै उनले समर्थन फिर्ता लिन आग्रह गरिएको जानकारी दिए ।
‘हामीले संसदीय दलको बैठक नै बसेर प्रदेश सरकारमा सहभागी माओवादी र जसपालाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गर्ने लिखित निर्णय गरेका छौ,’ थापाले भने ‘केन्द्रमा १० दलीय गठबन्धन भएकाले प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन हुनुपर्छ भन्ने हो’ उनले थपे, अहिले सभामुखले राजीनामा दिनु पर्छ भन्ने हल्ला छ त्यो केही गर्नु पर्दैन । राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत भएकाले उसलाई सरकारमा ल्याउन सकिन्छ ।
‘त्यो नभए ३० दिनसम्म सरकार चल्छ अनि मध्यावधिमा प्रदेश जान्छ । त्यसका लागि नेपाली कांग्रेस तयार छ’ उनले भने ।
कोशीमा अहिले नेकपा एमालेका हिकमतकुमार कार्कीको नेतृत्वमा सरकार छ । सरकारमा एमालेका ४०, माओवादीका सभामुखसहित १३, राप्रपाका ६ र जसपाका १ सांसद छन् ।
विपक्षी गठबन्धनमा कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ सांसद छन् ।
सरकार बनाउनका लागि ४७ सिट आवश्यक पर्छ । नयाँ गठबन्धनमा सभामुखसहित मात्रै ४७ सांसद पुग्छन् । राप्रपाले साथ दिएको खण्डमा भने सहजै सरकार बन्ने देखिन्छ ।
मुख्यमन्त्री कार्कीले भने सहमतीय सरकार बनाउन आह्वान गरिरहेका छन् ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...