२६ असार २०८३, शुक्रबार

फिल्म निर्माणको तयारीमा ‘बल्छी धुर्वे’, एक वर्षभित्र फ्लोरमा लैजाने योजना

फिल्म निर्माणको तयारीमा ‘बल्छी धुर्वे’, एक वर्षभित्र फ्लोरमा लैजाने योजना

लोकप्रिय हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ले फिल्म निर्माणको तयारी थालेका छन् ।

उनले सामाजिक कथावस्तुमा आधारित फिल्म निर्माण गर्ने तयारी गरेको जानकारी दिए । ‘अहिले कथामा काम गरिरहेको छु । सामाजिक विषयवस्तुमा फिल्म बनाउने तयारी हो’ उनले भने ‘समाजमा भएको घटनालाई जस्ताको त्यस्तै  देखाउने प्रयास रहनेछ । अबको एक वर्षभित्रमा फ्लोरमा लैजाने योजना छ ।’

फिल्म उनको एकल लगानीमा बन्न लागेको भने होइन । शेयरमा काम गर्ने टिम भए लगानीमा सहज हुने मरिचमान बताउँछन् । 

निर्देशन कसले गर्ने तय गरिसकेका छैनन् । यद्यपि, आफूले लेखेको कथा भएकाले निर्देशन आफैले गर्ने खोँच उनको छ । 

‘एकजनाले लेखेको कथा, अर्कोले निर्देशन गर्दा पर्दामा जीवन्त नउत्रिन पनि सक्छ । त्यसैले पनि आफैले निर्देशन गर्ने सोँच बनाएको हुँ’ उनले सुनाए । 

फिल्ममा लिड भूमिकामा आफू नदेखिने उनले बताए ।  

उनले भने, ‘लिडमा म होइन, म भन्दा अग्रज दाई–दिदीहरू हुनुहुनेछ । सहायक रोलमा भने अवश्य पनि देखिनेछु ।’

फिल्म निर्माणमा लागेपनि सिरियललाई पनि उनले निरन्तरता दिनेछन् । 

यतिबेला मरिचमान टेलिसिरियल ‘हल्का रमाइलो’ र ‘जुठे’मा देखिँदै आएका छन् । दुवै टेलिसिरियल दर्शकमाझ निकै लोकप्रिय छन् ।

salt training

कमेन्ट गर्नुहोस्