असोज ८, २०८०
निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी चलचित्र ‘हनी बनी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमवार पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्...
लोकप्रिय हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ले फिल्म निर्माणको तयारी थालेका छन् ।
उनले सामाजिक कथावस्तुमा आधारित फिल्म निर्माण गर्ने तयारी गरेको जानकारी दिए । ‘अहिले कथामा काम गरिरहेको छु । सामाजिक विषयवस्तुमा फिल्म बनाउने तयारी हो’ उनले भने ‘समाजमा भएको घटनालाई जस्ताको त्यस्तै देखाउने प्रयास रहनेछ । अबको एक वर्षभित्रमा फ्लोरमा लैजाने योजना छ ।’
फिल्म उनको एकल लगानीमा बन्न लागेको भने होइन । शेयरमा काम गर्ने टिम भए लगानीमा सहज हुने मरिचमान बताउँछन् ।
निर्देशन कसले गर्ने तय गरिसकेका छैनन् । यद्यपि, आफूले लेखेको कथा भएकाले निर्देशन आफैले गर्ने खोँच उनको छ ।
‘एकजनाले लेखेको कथा, अर्कोले निर्देशन गर्दा पर्दामा जीवन्त नउत्रिन पनि सक्छ । त्यसैले पनि आफैले निर्देशन गर्ने सोँच बनाएको हुँ’ उनले सुनाए ।
फिल्ममा लिड भूमिकामा आफू नदेखिने उनले बताए ।
उनले भने, ‘लिडमा म होइन, म भन्दा अग्रज दाई–दिदीहरू हुनुहुनेछ । सहायक रोलमा भने अवश्य पनि देखिनेछु ।’
फिल्म निर्माणमा लागेपनि सिरियललाई पनि उनले निरन्तरता दिनेछन् ।
यतिबेला मरिचमान टेलिसिरियल ‘हल्का रमाइलो’ र ‘जुठे’मा देखिँदै आएका छन् । दुवै टेलिसिरियल दर्शकमाझ निकै लोकप्रिय छन् ।
निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी चलचित्र ‘हनी बनी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमवार पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्...
दशैँको छेको पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउने नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘परदेशी छुकछुके रेलैम...
नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य बनाउने अभिनेता भोलाराज सापकोटाले बताएका छन् । उनले चलचित्र ‘कौसीद’को भूम...
दयाहाङ राई र मिरुना मगर स्टारर चलचित्र ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । भदौको २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र हेर्नका लागि दोस्रो सातामा पनि हलमा दर्शकको चाप छ । य...
मल्टिस्टारर चलचित्र ‘हात्तीछाप’ले माघको २६ गतेका लागि प्रदर्शन मिति तय गरेको छ । यो चलचित्रका निर्माताले गत साता अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स समावेश पोस्टर सार्वजनिक गरेका थिए ...
नेपाली चलचित्र प्रदर्शनका लागि पहिलो रोजाइ मानिन्छ दशैं–तिहार । बिदा लामो हुने र दर्शक पनि ‘फेस्टिभ मुड’मा हुने भएकाले दशैं–तिहारको समयमा प्रदर्शनमा आउने चलचित्रले राम्रो कमाइ गर्न सक्न...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...