०४ साउन २०८३, सोमबार

पाकिस्तानमा अनुमानित २ करोड २८ लाख बालबालिका विद्यालयको पहुँचबाहिर

जेठ ४, २०८०
पाकिस्तानमा अनुमानित २ करोड २८ लाख बालबालिका विद्यालयको पहुँचबाहिर
प्रतिकात्मक तस्वीर

पाकिस्तानमा ५–१६ वर्ष उमेर समूहका अनुमानित २ करोड २८ लाख बालबालिकाको विद्यालयमा पहुँच नरहेको अनुमान गरिएको छ । 

पाकिस्तान विश्वमै सबैभन्दा बढी विद्यालयको पहुँचमा नरहेका बालबालिका भएको मुलुकमध्ये एक रहेको योजना विकास मन्त्रालयले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

पाकिस्तानले विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाको समस्या समाधान गर्न र विद्यालय जाने उमेर समूहका बालबालिकालाई बढीभन्दा बढी भर्ना गर्न विशेष कार्यक्रम ल्याएको छ । 

पाकिस्तानले वर्षौंदेखि आफ्नो विद्यालय उमेरको जनसंख्यालाई शिक्षामा पहुँच प्रदान गर्न उल्लेखनीय प्रगति गरेको छ तर सुधारको गति अन्य विकासशील देशहरूको तुलनामा सुस्त रहेको छ, संघीय र प्रान्तीय सरकारहरूले यस मुद्दालाई सम्बोधन गर्न राष्ट्रिय कार्य योजना विकास गर्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्