२३ असार २०८३, मंगलबार

राष्ट्रिय जनमोर्चा बुटवलको अध्यक्षमा श्रेष्ठ

राष्ट्रिय जनमोर्चा बुटवलको अध्यक्षमा श्रेष्ठ

राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिकाको तेस्रो नगर सम्मेलनले पुनः पदमप्रसाद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको छ । राजमोको आज सम्पन्न नगर सम्मेलनले १३ पूर्ण र चार वैकल्पिक गरी १७ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा माया खनाल, सचिवमा गङ्गालाल सापकोटा, कोषाध्यक्षमा गोपाल गैरे, सहसचिवमा गोपाल बन्जाडे निर्वाचित भएका छन् । यसैगरी सदस्यमा शशी पौडेल, दिलप्रसाद नेपाली, रेनु सिंह, मुक्ति सापकोटा, कृष्ण बराइली, भोला भुसाल, विष्णु विक, अमृता पुन रहेका छन्। वैकल्पिक सदस्यमा दीपक योगी, विष्णुमाया बेल्वासे, शेरबहादुर थापा र एकल रिजाल चयन भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्