२३ असार २०८३, मंगलबार

वालिङमा जग्गाको कित्ताकाट खुल्यो

वालिङमा जग्गाको कित्ताकाट खुल्यो
प्रतिकात्मक तस्वीर

स्याङ्जाको वालिङ नगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ ।

राष्ट्रिय भूउपयोग ऐन २०७६ र नगरपालिकाको भूउपयोग क्षेत्र वर्गीकरण तथा मापदण्डका आधार २०७९ अनुसार जग्गाको वर्गीकरण गरी कित्ताकाट खुलाएको हो ।

लामो समयसम्म कित्ताकाट हुन नसक्दा जग्गाको कारोबार ठप्प थियो । जग्गाको कित्ताकाट खुलेसँगै राजस्व संकलन समेत बढ्न थालेको छ । १४ वडामध्ये नगरपालिकाले पहिलो चरणमा सिद्धार्थ राजमार्गसँग जोडिएका तथा बजारका वडा ६, ८, ९, १० र १३ वडामा कित्ताकाट थालेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिए ।

कित्ताकाट शुरू भएका वडाको जग्गाको वर्गीकरण गरी मालपोत र नापी कार्यालयमा स्रेस्ता कायम गर्न पठाइएको छ । ‘पहिलो चरणमा जग्गाको वर्गीकरण गरिएका वडाबाट कित्ताकाट आरम्भ गरेका छौं,’ उनले भने, ‘दोस्रो चरणमा बाँकी रहेका वडाको क्रमशः कित्ताकाट खुलाउँदै जान्छौं ।’

salt training

कमेन्ट गर्नुहोस्