
तनहुँ जिल्ला अदालतले बलात्कार कसुरका अभियुक्तलाई साढे नौ वर्ष कैद फैसला सुनाएको छ ।
तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका–५ कल्चोकका २२ वर्षीय विनोद विकलाई साढे नौ वर्ष कैदको फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले पीडितलाई रु २५ हजार क्षतिपूर्ति भराउने समेत फैसला सुनाएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।
पीडितलाई विकले विसं २०७७ असार २० गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले सोही दिन इलाका प्रहरी कार्यालय डुम्रेमा उजुरी दिएका थिए । प्रहरीले विकलाई विसं २०७७ असार २४ गते पक्राउ गरेको थियो ।
आरोपित विक विसं २०७७ साउन १३ गते अदालतले पुर्पक्षका लागि थुनामा राख्न कारागार पठाएको थियो ।