
सरकारले आगामी आर्थिक वर्षदेखि ९८ प्रकारका औषधि नेपालमा नै उत्पादन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत् राष्ट्रपति रामचन्द्र पौडेलले औषधि व्यवस्था विभागलाई पनि परिमार्जन गर्ने घोषणा गरेका हुन् ।
निजामति अस्पतालाई ७ वटै प्रदेशमा विस्तार गर्ने बताएका छन् । हाल काठमाडौंमा मात्रै सीमित यो अस्पातालाई विस्तार गर्ने घोषणा सरकारले गरेको हो ।