जेठ १९, २०८०
नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक (एसपी) र तीन डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरी अंग रक्षक गण नक्सालमा कार्यरत एसपी काजीकुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी स...
जेठ ५, २०८०
केही समय अघि मात्रै भारतमा उपचार गराएर स्वदेश फर्किएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार नभएको देखिएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि शीतल निवासदेखि नयाँ बानेश्वरस्थित संसद भवनसम्म आउँदा, प्रस्तुत गर्दा र फर्किंदा राष्ट्रपतिले असहजता महसुस गरेको देखिएको छ ।
सरकारको २०८०/८१ को कार्यक्रम प्रस्तुत गर्न संघीय संसदको संयुक्त बैठकमा आउँदा पनि राष्ट्रपतिलाई सुरक्षाकर्मीले आड दिएका थिए । करिब दुई घण्टा लगाएर नीति कार्यक्रम पढ्दा पनि पौडेलले पटक–पटक असहजता महसुस गरेका थिए । लामा वाक्य पढ्ने क्रममा उनको स्वर पटक–पटक दबेको थियो ।
संसदमा आउँदा, १ घण्टा ५५ मिनेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दा र फर्किँदा विस्तारै–विस्तारै हिँडेका पौडेलले असहजता महसूस गरेको प्रत्यक्ष भिडियोमा देख्न सकिन्छ ।
पौडेलको अनुहारको भावले पनि उनी पूर्णरूपमा स्वस्थ नभएको देखाउँछ ।
कार्यक्रम घोषणा गरेर फर्किँदा पनि दुवैतर्फ सुरक्षाकर्मीले समाएर उनलाई गाडीसम्म पुर्याएका थिए ।
स्वास्थ्यमा राम्रो सुधार नआइसकेकाले राष्ट्रपतिले कार्यक्रमलाई शुरूआत गर्ने र प्रधानमन्त्रीले पढ्ने चर्चा गरिएको थियो । तर शारीरिक रुपमा पूर्णरूपमा ठीक नभइसके पनि राष्ट्रपति आफैंले कार्यक्रम पूरै पढ्ने बताएका थिए ।
राष्ट्रपतिका निजी चिकित्सक निरज बमले पौडेलको स्वास्थ्य अवस्था विस्तारै ठीक हुँदै गएको जानकारी दिए ।
‘उहाँले दुई घण्टासम्म सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभयो । त्यस्तो ठूलो समस्या छैन’ उनले भने, ‘भारतमा उपचार गराएर आएपछि उहाँको स्वास्थ्यमा सुधार हुँदैछ ।’
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले उपचारपछि पूर्ण निको नभएको बताए । तर कुनै स्वास्थ्य समस्या नभएको उनको भनाइ छ ।
‘स्वास्थ्यमा समस्या भएको भए उहाँले दुई घण्टासम्म नीति कार्यक्रम प्रस्तुत गर्न सक्नुहुने थिएन’ कार्कीले भने, ‘तर उपचारपछि पूरै निको भइसक्नुभएको छैन । औषधि खाइरहनुभएको छ ।’ केही समयअघि मात्रै बिरामी परेको हुँदा राष्ट्रपतिलाई आउने र जाने क्रममा सुरक्षाकर्मीले बढी नै भरथेग गर्दा स्वास्थ्यमा समस्या हो कि जस्तो देखिएको हुन सक्ने कार्कीको भनाइ छ ।
छातीमा संक्रमण देखिएपछि वैशाख ६ गते भारतको एम्स अस्पतालमा उपचारका लागि गएका पौडेल १८ वैशाखमा फर्किएका थिए ।
नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक (एसपी) र तीन डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरी अंग रक्षक गण नक्सालमा कार्यरत एसपी काजीकुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी स...
धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनका सात वर्षीय छोराको उपचारका क्रममा मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरागरी बस्ने २८ वर्षीया मुना राई र उनका छो...
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले प्रहरीले मध्यराति दबाबमा बयान लिएको बताएका छन् । काठमाडौं जिल्ला अदालतमा बयानका क्रममा प्रहरीले आफूलाई दबाबमा पारेर मध्यराति बयान लिएको ब...
जेठ १६ गते अपराह्न ०४ः२५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका खण्डमा बस र कार ठोक्किँदा दुई जनाको मृत्यु भयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार र विपरीत दि...
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका इन्द्रजित राईले आफूले कसैलाई पैसा दिन नभनेको बयान दिएका छन् । काठमाडौं जिल्ला अदालतमा भएको बयानमा सानु भण्डारीसँग पैसाको बारेमा आफ्नो कुनै पनि कुरा नभएको दाबी ...
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेका अनुसार शुक्रवार सबै अभियुक्तको बयान सकिएको हो। जिल्ला अदालत काठमा...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...