२१ जेठ २०८३, बिहीबार

दुई नेपालीसहित तीन जनाले गरे कञ्चनजङ्घाको आरोहण

दुई नेपालीसहित तीन जनाले गरे कञ्चनजङ्घाको आरोहण

विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालमा दुई नेपालीसहित तीन जनाले आरोहण गरेका छन् ।
 
बिहीबार नर्वेकी क्रिष्टिना हरिलासहित सङ्खुवासभाका तेन्जिङ शेर्पा र ओखलढुङ्गाका जेलु शेर्पाले सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स एण्ड एक्सपीडिशनका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए । उनका अनुसार आरोहणका लागि आफ्नो कम्पनीबाट गएका अन्य ११ जना विदेशीसहितको टोली भने खराब मौसमका कारण बेस क्याम्प फर्किएका छन् । उनीहरु आठ हजार मिटरको उचाइबाट खराब मौसमका कारण फर्किनुपरेको शेर्पाले बताए । सफल आरोहण गरेका तीनसहित १४ आफ्नो कम्पनीबाट गएको उनको भनाइ छ ।

यता सातोरी एडभाञ्चरबाट गएका १४ जनाको टोलीसमेत खराब मौसमलगायत कारण करिब आठ हजार मिटरको उचाइमा पुगेर बेसक्याम्प फर्किएको छ । उक्त कम्पनीबाट कञ्चनजङ्घा आरोहण गर्ने तयारीमा रहेका २१ मध्ये १४ जना आरोहणका लागि गएका थिए । उनीहरु बिहीबार राति फर्किएका हुन् । अन्य सात जना भने सगरमाथापछि कञ्चनजङ्घाको आरोहणमा जाने कम्पनीका निर्देशक ऋषि भण्डारीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्