२३ असार २०८३, मंगलबार

प्रहरीलाई 'स्लिम' बन्न निर्देशन

जेठ ६, २०८०
प्रहरीलाई 'स्लिम' बन्न निर्देशन

भारतको हरियाणामा प्रहरी अधिकारीको अत्यधिक वजन घटाउन राज्य सरकारले निर्देशन दिएको छ । 

हरियाणा राज्यका गृह तथा स्वास्थ्य मन्त्री अनिल विजले बिहीबार जारी गरेको निर्देशनमा ‘मोटोपन’ भएका र पेट भएका हरियाणाका प्रहरी अधिकृतलाई प्रहरीको अभ्यास लाइनमा पठाइने चेतावनी दिएका हुन् । 

उनले बढी वजन भएका प्रहरी अधिकारीहरूले व्यायामको माध्यमबाट तन्दुरूस्ती हासिल गरेपछि सेवामा फर्कन सक्ने बताएका छन्। 

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हरियाणा प्रहरीका अधिकारी र कर्मचारीहरूको फिटनेसलाई ध्यानमा राख्दै, गृहमन्त्री अनिल विजले  गृह विभागका अतिरिक्त मुख्य सचिवलाई लिखित निर्देशन जारी गर्नुभएको छ । प्रहरी विभागमा धेरै प्रहरी कर्मचारीहरू अधिक वजन भएका प्रहरीलाई (व्यायाम) लाइनमा स्थानान्तरण गरिनुपर्छ ।”

राज्यका स्वास्थ्य मन्त्रीले प्रहरी अधिकारी र कर्मचारीहरूको फिटनेसलाई ध्यानमा राख्दै गृह विभागका अतिरिक्त मुख्य सचिवलाई यस सम्बन्धमा लिखित निर्देशन जारी गरेका छन्

salt training

कमेन्ट गर्नुहोस्