३० जेठ २०८३, शनिबार

कांग्रेस नेता पौडेल भन्छन् – एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ

कांग्रेस नेता पौडेल भन्छन् – एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौंमा एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

जनकल्याण सामाजिक केन्द्रले आज आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा वातावरण कार्यक्रममा उनले काठमाडौंभित्रको विकासका लागि एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका हुन् । “काठमाडौंभित्रका सडकमा आवश्यक समन्वय नहुँदा भत्काउने र बनाउने क्रम चलेको छ, सबै निकायको आवश्यक समन्वय गरी एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ”, उनले भने ।

काठमाडौं क्षेत्र नं ५ का सांसद पौडेलले काठमाडौं उपत्यकाभित्रको विकासका लागि सुविधासम्पन्न प्राधिकरण निर्माण गर्नुपर्ने बताए । काठमाडौं संसारको प्रदूषित शहर बन्दै गएकाले यसलाई सफा, सुन्दर र हराभरा बनाउन नागरिक स्तरबाट लाग्नुपर्ने उनको भनाइ थियो ।

नेता पौडेलले खोला क्षेत्रको वरपर करिडोर निर्माण गरेर त्यहाँ वृक्षारोपण गर्न सकेमात्र काठमाडौंको वातावरण राम्रो हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्