२९ असार २०८३, सोमबार

एकीकृत समाजवादीका केन्द्रीय सचिव विश्वासीसहितका नेताहरू एमालेमै फर्किए

एकीकृत समाजवादीका केन्द्रीय सचिव विश्वासीसहितका नेताहरू एमालेमै फर्किए

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव भागवत विश्वासीसहितका नेताहरू एमालेमा फर्किएका छन् ।

सचिव विश्वासीसँगै केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली, सचिव डिल्ली डाँगी र उपसचिव जानका रेग्मीसहितका नेताहरू एमालेमा फर्किएका हुन् ।

उनीहरूसँगै जिल्ला कमिटीका अधिकांश सदस्य पनि एमालेमा फर्किएका एमालेले जनाएको छ । तुलसीपुरमा पार्टी प्रवेश गराए उनीहरूलाई एमालेका महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए ।

पार्टी प्रवेशपछि विश्वासीले एकीकृत समाजवादी पार्टी कांग्रेस र माओवादीको पुच्छर बनेकाले आफूहरू एमालेमै फर्किएको बताए ।

पूर्व स्वास्थ्य राज्यमन्त्री केसीले एकीकृत समाजवादी सिंगो कम्युनिष्ट आन्दोलनको बाधक बनेको टिप्पणी गरे ।

salt training

कमेन्ट गर्नुहोस्