०९ साउन २०८३, शनिबार
ओलीको व्यंग्य

प्रधानमन्त्री प्रचण्डको कार्यकाल २ वर्ष : ओली

प्रधानमन्त्री प्रचण्डको कार्यकाल २ वर्ष : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकाल दुई वर्षको भएको दाबी गरेका छन् । ​

संसदीय दलको बैठकमा सांसदहरूलाई सरकारको नीति तथा कार्यक्रमबारे निर्देशन दिँदै ओलीले दुई वर्षे कार्यकाल भएकाले दुई/दुई वर्षका कार्यक्रम राखिएको भन्दै व्यंग्य गरेका हुन् । 

‘यो त वार्षिक कार्ययोजना हो । यो त २० वर्षे योजना हो कि । यो पञ्च वर्षीय योजना हो कि । २ वर्षको कार्यक्रम पनि राखिएको छ’ ओलीले भने, ‘प्रधानमन्त्रीजीको कार्यकाल २ वर्ष गठबन्धनले तोकेको हुनाले २ वर्षे कार्यक्रम राखिएको हो कि ?  त्यसकारण यो धेरै अस्पष्ट, अन्यौलग्रस्त, दिशाहीन छ । यसले राजनीतिक, सामाजिक, आर्थिक कुनैपनि समस्या पहिचान नै गर्न नसकेपछि कसरी समाधान गर्छ ?’  
अर्थतन्त्रको स्थिति राम्रो छ र उत्साहजनक छ भनेको तर समस्याहरू छन् भनेर त नदेखेको उनले बताए ।

उनले महालेखा परीक्षक कार्यालयको प्रतिवेदन राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको आरोप समेत लगाए । 

कुनै आशा देखाउन नसकेको नीति कार्यक्रम पास गर्ने पक्षमा एमाले नरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्