२५ जेठ २०८३, सोमबार

विद्युतीय सवारी दर्ता नअड्काउन गगन थापाको माग

विद्युतीय सवारी दर्ता नअड्काउन गगन थापाको माग
फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद गगन थापाले विद्युतीय सवारी साधन दर्ता गर्ने प्रक्रिया शुरू भए पनि फेरि अड्काउने काम भएको बताएका छन् ।

आइतवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले पहिले कानुनले अड्काउने र कानुन बनेपछि ‘किन ढिलो दर्ता गरिस् जरिवाना तिनुपर्छ’ भनेर सरकारको कमजोरीको भारी उद्योगी र उपभोक्तालाई भिराइएको आरोप लगाएका हुन् । 

स्वदेशी उत्पादन किन्छु, उपभोग गर्छु भन्ने उपभोक्तासँग पनि जोडिएकोले सरकारले आफ्नै नीतिको लाज ढाक्नुपर्ने उनको भनाइ छ । 

असल नियतले व्यवसायी उत्पादनमा जोडिन खोज्दा सरकारले सहजीकरण गर्नुपर्ने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्