२९ जेठ २०८३, शुक्रबार

गोकुल बाँस्कोटाको प्रश्न – यानप्रसाद गौतम शहीद हुन् कि गद्दार ?

गोकुल बाँस्कोटाको प्रश्न – यानप्रसाद गौतम शहीद हुन् कि गद्दार ?

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारले ६/७ हजार शहीद घोषणा गर्दा काभ्रेका यानप्रसाद गौतम र राजु भुजेललाई छुटाएको टिप्पणी गरेका छन् ।

‘सरकारले ६/७ हजार शहीद घोषणा गरेको छ । तर काभ्रेका यानप्रसाद गौतम र राजु भुजेल हुन् कि गद्दार हुन् ? जवाफ चाहियो ।’ प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बाँस्कोटाले भने । 

साथै बाँस्कोटाले शनिवार काभ्रेको पाँचखालमा ठूलो वर्षाले सर्यौ रोपनीमा लगाएको अन्न बाली नष्ट गराएको जानकारी गराए । १० करोड भन्दा बढीको बाली नष्ट गराएको भन्दै बाली बीमा र तटबन्धको व्यवस्था गर्न पनि उनले माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्